रिभर फल्स पावरको आईपीओमा आवेदन दिन जम्मा दुई दिन मात्र बाँकी छ । कम्पनीको आइपीओमा जेठ ४ गतेसम्ममा मात्र आवेदन दिन सकिन्छ । कम्पनीले वैशाख २८ गते प्रतिकित्ता १ सय रुपैयाँ अङ्कित मूल्यका २७ लाख ३० हजार कित्ता आइपिओ सर्वसाधारणका लागि निष्कासन तथा बिक्री खुला गर्ने गरेको थियो ।
जसमध्ये २ प्रतिशत अर्थात् ५४ हजार ६ सय कित्ता शेयर कर्मचारीका लागि, ५ प्रतिशत अर्थात् १ लाख ३६ हजार ५ सय कित्ता शेयर सामूहिक लगानी कोषका लागि र बाँकी २५ लाख ३८ हजार ९ सय कित्ता सर्वसाधारणका लागि छुटाइएको छ । कम्पनीको आईपीओमा छिटोमा जेठ ४ गते र ढिलोमा जेठ ११ गतेसम्म आवेदन दिन सकिनेछ ।
कम्पनीको आईपीओमा न्यूनतम १० कित्ता र अधिकतममा १ लाख कित्तासम्म लागि आवेदन दिन सक्नेछन् । कम्पनीको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ।