काठमाडौंमा करिब १५ हजार मतगणना सकियो

काठमाडौँ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले मतान्तर झन् बढाउँदै लगेका छन् । पछिल्लो पटक सार्वजनिक मतपरिणामअनुसार झण्डै १५ हजार मत गणना हुँदा स्वतन्त्र उम्मेदवार बालेन्द्रले ६ हजार ६९२ मत ल्याएका छन्।

उनको यो मत दोस्रो स्थानमा रहेका नेकपा एमालेका उम्मेदवार केशव स्थापितको भन्दा झन्डै ३ हजार १३० मत बढी हो ।  स्थापितले हालसम्म ३ हजार ५६२ मत ल्याएका छन् । साथै तेस्रो स्थानमा रहेकी नेपाली कांग्रेसकी सिर्जना सिंहले ३ हजार १२६ मत ल्याएकी छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार