भरतपुरमा विजय सुवेदीको अग्रता कायमै

चितवनकाे भरतपुर महानगरपालिकामा एमालेकाे तर्फबाट मेयरमा उम्मेदवारी दिएका विजय सुवेदीले अग्रता लिएका छन् ।  स्थानीय तह निर्वाचनकाे पछिल्लाे मतगणनाकाे विवरणअनुसार तीन हजार ९४४ मत ल्याएर उनले अग्रता लिएका छन् । उनलाई गठबन्धनकाे तर्फबाट उम्मेदवारी दिएकी माओवादी केन्द्रकी रेणु दाहालले तीन हजार ८९४ मत ल्याएर पछ्याइरहेकी छन् ।

भरतपुर महानगरपालिकाको १, २ र ३ वडाको जम्मा खसेको ११ हजार ३२८ मतगणनाको नतिजाअनुसार सुवेदीले अग्रता लिइरहेका हुन् । मेयरका स्वतन्त्र जगन्नाथ पौडेलले एक ५७२ मत ल्याएका छन् । साेमबार बिहान ११ वजेबाट ४ नं वडाको मतहरू ८ स्थानमा गणना चलिरहेको छ ।

उपमेयरमा कांग्रेकाका चित्रसेन अधिकारी चार ४७६, राप्रपाकी हिमला गुरुङ ती‍न हजार ७० ल्याएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार