शुक्रबार थप ९ हजार १९६ जनामा कोरोना पुष्टि, ५० जनाको मृत्यु

७८ हजार ६२९ सक्रिय संक्रमित

नेपालमा शुक्रबार अहिलेसम्मकै बढी कोरोना संक्रमित भेटिएका छन् । पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको कोरोना परिक्षणमा थप ९ हजार १९६ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।

१९ हजार ९८७ पीसीआर विधिबाट परिक्षण गर्दा ९ हजार २३ जना र ४९५ वटा एन्टिजेन विधिबाट परिक्षण गर्दा एक सय ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३ लाख ७७ हजार ६०३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा थप ५० जनाको मृत्यु भएको छ भने हालसम्म कोरोनाका कारण ३ हजार ५७९ जनाले ज्यान गुमाइसकेका छन् ।

त्यस्तै थप २ हजार ९०५ संक्रमित निको भएका छन् भने नेपालमा हालसम्म दुई लाख ९५ हजार ३९५ जना संक्रमणमुक्त भएका छन् । हाल नेपालमा ७८ हजार ६२९ सक्रिय संक्रमित रहेका छन् भने ३८० जना क्वारेन्टाइनमा छन् । नेपालमा हालसम्म २५ लाख ९५ हजार ४०५ वटा पिसिआर परिक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार