काठमाडौंको दक्षिणकाली नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका मोहन बस्नेत विजयी भएका छन् । उनले नेकपा एमालेका उम्मेदवार श्रीराम आचार्यलाई २ हजार ९ मत अन्तरले पराजित गरेका हुन् ।
बस्नेतले ७ हजार २०१ र आचार्यले ५ हजार १९२ मत पाएका छन् ।
मोहन बस्नेत २०३२ सालबाट कांग्रेस राजनीतिमा सक्रिय छन्। २०४९ र २०५४ को स्थानीय निर्वाचनमा तत्कालीन टल्कु डुडेचौर गाविसका अध्यक्ष निर्वाचित उनी २०७४ को स्थानीय तह निर्वाचनमा पनि कांग्रेसबाट मेयरमा निर्वाचित भएका थिए ।
यस्तै उपमेयरमा कांग्रेसकै बसन्ती तामाङ निर्वाचित भएकी छन् । उनले एमालेकी इन्दिरा न्यौपानेलाई २ हजार ७९३ मत अन्तरले पराजित गरेकी हुन् ।