काँग्रेस नेता चन्द्र भण्डारीको क्षेत्रमा एमाले विजयी

गुल्मीको छत्रकोट गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका रामप्रसाद पाण्डे निर्वाचित भएका छन् । उनले ६ हजार ५८६ मत ल्याएका छन् । उपाध्यक्षमा नेकपा एमालेकै सावित्रा ज्ञवालीले ६ हजार ४७२ मत ल्याएर निर्वाचित भएकी छन् ।

गाउँपालिकामा अध्यक्ष पदमा निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका अनन्तराम पौडेल ५ हजार ९४८ मत ल्याएका छन् । उपाध्यक्षमा राष्ट्रिय जनमोर्चा गुमान सिंह पुन मगर ५ हजार १२४ मत ल्याएका छन् ।

गाउँपालिकाका ६ वटा वडामध्ये ३र३ वटा वडामा नेकपा एमाले र नेपाली कांग्रेसले वडाध्यक्षमा जितेका छन् । जसअनुसार वडा नम्बर ३, ४, ६ मा नेकपा एमाले र १, २, ५ मा नेपाली कांग्रेसले वडाध्यक्ष जितेको छ ।

गाउँपालिकामा १९ हजार २१४ जना मतदाता रहेकोमा १३ हजार ८९ जनाले मतदान गरेका थिए । गाउँपालिकामा कांग्रेस र राष्ट्रिय जनमोर्चाले चुनावी तालमेल गरेका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार