भरतपुरमा विजय सुवेदीको अग्रता कायमै

भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी रेणु दाहाललाई उछिन्दै एमालेका उम्मेदवार विजय सुवेदीले अग्रता कायम गरेका छन्  ।  पाँच दलीय गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी रेणु दाहालले तीन हजार ६२९ मत प्राप्त गरेकी छन् भने । विजय सुवेदीले  तीन हजार ६३३ मत प्राप्त गरेका छन् ।

त्यस्तै कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले एक हजार ३९७ मत प्राप्त गरेका छन् ।

उपमेयरमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले चार हजार ११३ मत पाएका छन् भने राप्रपाकी हिमला गुरुङले दुई हजार ८६१ मत पाएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार