मतान्तर बढाउँदै बालेन, स्थापित र सिंह धेरै पछि

काठमाडौँ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले मतान्तर झन् बढाउँदै लगेका छन् । पछिल्लोपटक सार्वजनिक मतपरिणामअनुसार स्वतन्त्र उम्मेदवार बालेन्द्रले ५ हजार ७५८ मत ल्याएका छन्।

उनको यो मत दोस्रो स्थानमा रहेका नेकपा (एमाले)का उम्मेदवार केशव स्थापितको भन्दा झन्डै २७ सय मत बढी हो ।  स्थापितले हालसम्म ३ हजार ७१ मत ल्याएका छन् । साथै तेस्रो स्थानमा रहेकी नेपाली कांग्रेसकी सिर्जना सिंहले २ हजार ६९० मत ल्याएकी छन् ।

हाल कामपा वडा नं १, २, ३, ४ र ३२ को मतगणना भइरहेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार