७६ स्थानीय तहको मतपरिणाम सार्वजनिक, कुन पार्टीले कहाँ र कति जिते ?

स्थानीय तह सदस्य निर्वाचनअन्तर्गत सोमबार बिहान साढे ५ बजेसम्ममा ७६ वटा स्थानीय तहको मत परिणाम सार्वजनिक भएको छ ।

निर्वाचन आयोगका अनुसार अहिलेसम्मको नतिजा हेर्दा एमालेले सबभन्दा बढी स्थानीय तहमा जित हासिल गरेको छ । कांग्रेसले भने एमालेलाई पछ्याइरहेको छ।

हालसम्म एमाले २८, कांग्रेस २५, माओवादी केन्द्रले २१ र एकीकृत समाजवादीले २ स्थानीय तहमा प्रमुख पद जितेका छन् । यस्तै, उपप्रमुखमा सबभन्दा बढी कांग्रेसले ३६, एमाले २१, माओवादी १३, एकीकृत समाजवादी ४, जनता समाजवादी पार्टी १ र स्वतन्त्र १ जितेका छन् ।

एमाले विजयी भएका पालिकाहरू-

१. मनाङको मनाङ ङिस्याङ गाउँपालिका: अध्यक्ष कान्छा घले विजयी
२. मनाङको चामे गाउँपालिका: अध्यक्ष लोकेन्द्रबहादुर घले विजयी
३. मुस्ताङको लो-घेकर दामोदरकुण्ड गाउँपालिका: अध्यक्ष लोप्साङ छोम्पेल विष्ट विजयी
४. मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका: अध्यक्ष रिङजिन नामगेल गुरूङ विजयी
५. मुस्ताङको लोमान्थाङ गाउँपालिका: अध्यक्ष टसी न्वर्वु गुरूङ विजयी
६. डोल्पाको से फोक्सुण्डो गाउँपालिका: अध्यक्ष धावा सम्डुङ गुरुङ विजयी
७. सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका : अध्यक्ष मिङ्मा छिरि शेर्पा विजयी
८. बझाङको साइपाल गाउँपालिका : अध्यक्ष मानबहादुर बोहोरा विजयी
९. नवलपुरको बौदीकाली गाउँपालिका : अध्यक्ष प्रकाश ओझा विजयी
१०. बझाङको थलारा गाउँपालिका: अध्यक्ष प्रकाश रोकाया विजयी
११. मुस्ताङको थासाङ गाउँपालिका: अध्यक्ष प्रदिप गौचन
१२. म्याग्दीको मालिका गाउँपालिका: अध्यक्ष वेगप्रसाद गर्वुजा
१३. तेह्रथुमको मेन्छ्यायेम गाउँपालिका: अध्यक्ष यादवबहादुर खापुङ
१४. दार्चुलाको महाकाली नगरपालिका: मेयर नरसिंह चैसिर
१५. स्याङजाको हरीनास गाउँपालिका: अध्यक्ष खिमनारायण मानन्धर
१६. बैतडीको पन्चेश्वर गाउँपालिका: गोरखबहादुर चन्द
१७. दैलेखको गुराँस गाउँपालिका: अध्यक्ष टोपबहादुर वि.सी
१८. नवलपुरको बुलिङटार गाउँपालिका: अध्यक्ष दीपेन्द्र सुनारी
१९. रसुवाको गोसाइँकुण्ड गाउँपालिका: अध्यक्ष कैसाङ नुर्पू तामाङ
२०. इलामको माङसेबुङ गाउँपालिका: अध्यक्ष हेमन्त राई
२१. तेह्रथुमको छथर गाउँपालिका: अध्यक्ष सन्तवीर लिम्बू
२२. मकवानपुरको भीमफेदी गाउँपालिका: अध्यक्ष हिदम लामा
२३. डोटीको जोयारल गाउँपालिका: अध्यक्ष दुर्गादत्त ओझा
२४. भोजपुरको हतुवागढी गाउँपालिका: अध्यक्ष प्रेमकुमार राई
२५. पाल्पाको तिनाउ गाउँपालिका: अध्यक्ष प्रेम श्रेष्ठ
२६. मकवानपुरको इन्द्र सरोवर गाउँपालिका: अध्यक्ष देवकृष्ण पुडासैनी शर्मा
२७. पाल्पा पूर्वखोला गाउँपालिका: अध्यक्ष नुनबहादुर थापा
२८. तेह्रथुमको म्याङलुङ नगरपालिका: मेयर सन्जयकुमार तुम्बाहाङ्फे अध्यक्ष

कांग्रेस विजयी भएका पालिकाहरू-

१. मनाङको नार्पा भूमी गाँउपालिका: कोन्जो तेन्जीङ लामा विजयी
२.मनाङको नासोँ गाउँपालिका: धनबहादुर गुरुङ विजयी
३. मुस्ताङको घरपोझङ गाउँपालिका: मोहनसिंह लालचन विजयी
४. गुल्मीको रेसुङ्गा नगरपालिकामा: खिलध्‍वज पन्थी विजयी
५. गन्यापधुरा गाउँपालिका- अध्यक्ष ईन्द्रबहादुर कार्की विजयी
६. गुल्मीको गुल्मीदरबार गाउँपालिका: अध्यक्ष सरोजकुमार थापा विजयी
७. डोटीको बडीकेदार गाउँपालिका: अध्यक्ष भैरवबहादुर साउद विजयी
८. हुम्लाको खार्पुनाथ गाउँपालिका: अध्यक्ष कर्णबहादुर रावल विजयी
९. बागलुङको तमानखोला गाउँपालिका: अध्यक्ष जोकलाल बुढा
१०. बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका: अध्यक्ष भरत रोकाया
११. सोलुखुम्बुको लिखु पिके गाउँपालिका: अध्यक्ष मीनादेवी कार्की
१२. संखुवासभाको सभापोखरी गाउँपालिका: अध्यक्ष भीमबहादुर लिम्बू
१३. सल्यानको कुमाख गाउँपालिका: अध्यक्ष मानबहादुर बुढाथोकी
१४. बैतडीको शिवनाथ गाउँपालिका: अध्यक्ष कर्णसिंह साउद
१५. दैलेख भैरवी गाउँपालिका: अध्यक्ष रिता शाही
१६. लमजुङको दूधपोखरी गाउँपालिका: अध्यक्ष धनप्रसाद गुरूङ
१७. बागलुङको गलकोट नगरपालिका: मेयर भरत शर्मा
१८. तेह्रथुमको फेदाप गाउँपालिका: अध्यक्ष केशवप्रसाद भेटवाल
१९. पाँचथरको कुम्मायक गाउँपालिका: अध्यक्ष वंमप्रसाद लावती
२०. कास्कीको माछापुच्छ्रे गाउँपालिका: अध्यक्ष मीनबहादुर गुरूङ
२१. सोलुखुम्बुको सोताङ गाउँपालिका: अध्यक्ष खिलराज बस्नेत
२२. सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका: अध्यक्ष निमा ग्याजेङ शेर्पा
२३. डडेल्धुराको नवदुर्गा गाउँपालिका: अध्यक्ष लक्ष्मीप्रसाद अवस्थी
२४. अछाम ढाकरी गाउँपालिका: अध्यक्ष प्रकाशबहादुर साउद
२५. ताप्लेजुङको मेरिङदेन गाउँपालिका: अध्यक्ष युक हां वीर हांगाम
२६. रसुवाको आमाछोदिङ गाउँपालिका: अध्यक्ष बुचुङ तामाङ

माओवादी केन्द्र विजयी भएका पालिकाहरू-

१.डोल्पाको जगदुल्ला गाउँपालिका: अध्यक्ष नारसिङ रोकाय विजयी
२.दैलेखको नौमुले गाउँपालिका: अध्यक्ष छविराम सुवेदी
३. बाग्लुङ ताराखोला गाउँपालिका: अध्यक्ष धनबहादुर विक
४. उदयपुर लिम्चुङबुङ गाउँपालिका: अध्यक्ष मेजरकुमार राई
५. रोल्पाको थवाङ गाउँपालिका: अध्यक्ष ऋषिकेशव बुढामगर
६. खोटाङको जन्तेढुंगा गाउँपालिका: अध्यक्ष अरूणादेवी राई
७.दार्चुलाको नौगाड गाउँपालिका: अध्यक्ष दलजीत सिंह धामी
८. हुम्लाको ताजाकोट गाउँपालिका: अध्यक्ष लालकेश जैसी
९.गोरखाको अजिरकोट गाउँपालिका: अध्यक्ष दीपक देवकोटा
१०. सोलुखुम्बुको थुलुङ दूधकोशी गाँउपालिका: अध्यक्ष असिम राई
११. गुल्मीको चन्द्रकोट गाउँपालिका: युवराज केसी
१२. दार्चुलाको मार्मा गाउँपालिका: अध्यक्ष जमनसिंह धामी
१३. दार्चुला अपिहिमाल गाउँपालिका: अध्यक्ष भक्तसिंह ठेकरे
१४. भोजपुरको आमचोक गाउँपालिका: अध्यक्ष अशोक राई
१५. दार्चुलाको लेकम गाउँपालिका: अध्यक्ष रामदत्त जोशी
१६. डडेल्धुरा आलिताल गाउँपालिका: अध्यक्ष शेरसिंह पार्की
१७. डोटीको बोकटान फुड्सिल गाउँपालिका: अध्यक्ष कमलबहादुर गड्सिला
१८. रूकुम(पूर्व) को पुथा उत्तरगंगा गाउँपालिका: अध्यक्ष पुनीराज घर्ती
१९. ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका: अध्यक्ष राजन लिम्बू
२०. रोल्पाको रोल्पा नगरपालिका: मेयर सुरेन्द्र थापा

एकीकृत समाजवादी विजयी भएका पालिकाहरु-

१. डोल्पाको छार्का साङतोङ गाउँपालिका: अध्यक्ष सेनाङ गुरुङ विजयी
२. डोल्पाको काइके गाउँपालिका: अध्यक्ष अंगदकुमार राना विजयी

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार