ओलीको गृह जिल्लामा एकीकृत समाजवादीको प्यानलै विजयी

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृह जिल्लामा नेकपा (एकीकृत समाजवादी)ले खाता खोलेको छ। कांग्रेस र माओवादी गठबन्धन बनाएर चुनावी मैदानमा उत्रिएका कमल गाउँपालिका-२ मा एकीकृत समाजवादीका अशोक सुब्बा वडा अध्यक्षमा निर्वाचित भएका छन्।

वडामा एकीकृत समाजवादीले पुरै प्यानल जितेको हो। उनले एमालेका धनबहादुर बस्नेतलाई ८३० मतान्तरले हराएका छन्। लिम्बूले १८६० र बस्नेतले १०३४ मत ल्याएका छन्।

त्यस्तै, वडा सदस्यहरूमा एकीकृत समाजवादीका भीमबहादुर कार्की, महेन्द्र खत्री, सोममाया नेपाली, कल्पना राई निर्वाचित भएका छन्।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार