भरतपुर महानगरमा सुवेदीलाई अग्रता, रेनु ३ मतले पछाडी

चितवनको भरतपुर महानगरपालिकाको जारी मतगणनामा नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले अग्रता लिएका छन् । भने उनलाई माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले पछ्याई रहेकी छिन् ।

वडा नम्बर २ को मतगणना जारी रहँदा सुवेदीले दाहालसँग ३ मतको अग्रता हासिल गरेका हुन् ।

सुवेदीले २ हजार ४ सय ६८ र दाहालले २ हजार ४ सय ६५ मत पाएका छन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले भने ८ सय ५ मत प्राप्त गरेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार