राज्यमन्त्री यादवको वडामा उनको पार्टीलाई ३० मत

मधेस प्रदेशका कृषि राज्यमन्त्री योगेन्द्र यादवकै स्थायी घर भएको वडामा उनकै पार्टी जनता समाजवादी नेपालका वडा अध्यक्षका उम्मेदवार ३० मतमा सीमित भएका छन् । राज्यमन्त्री यादवको गृहनगर रौतहटको राजदेवी नगरपालिका–१ मा उनको पार्टी जसपाका वडा अध्यक्षका उम्मेदवार हृदय नारायण यादवले ३० मतमात्र पाएका छन् ।

सो वडामा नेकपा एकीकृत समाजवादीका उम्मेदवार नरेशप्रसाद यादव ६१० मत प्राप्त गरेर अध्यक्षमा विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी लोसपा नेपालका उम्मेदवार शिव नारायण साहले ५८८ मत प्राप्त गरे ।

उम्मेदवार हृदयनारायण यादवले राज्यमन्त्री यादवले भ्रम फैलाएका कारण आफू पराजित भएको प्रतिक्रिया दिएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार