भरतपुरमा प्रतिस्पर्धा रोचक बन्दै : रेनु २ मतले अगाडि

भरतपुर महनगरपालिकाको मेयर पदमा गठबन्धनकी उम्मेदवार रेनु दाहाल र नेकपा एमालेका उम्मेदवार विजय सुवेदीबीचको प्रतिस्पर्धा रोचक बन्दै गएको छ ।

वडा नम्बर २ को मतगणना जारी रहदाँ रेणुले जम्मा २ मतको अग्रता लिएकी छिन् । सो वडाको ३ हजार ४ सयसहित कुल ६ हजार ६ सय ७७ मत गनिएको छ ।

पछिल्लो परिणाममा रेणुले २ हजार ४ सय २५ मत ल्याउँदा सुवेदीेले २ हजार ४ सय २३ मत ल्याएका छन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ७ सय ९५ मत प्राप्त गरेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार