दार्चुलाको महाकालीमा एमाले विजयी

बाँके । दार्चुलाको महाकाली नगरपालिकाको मेयरमा नेकपा एमालेका नरसिंह चैंसिर निर्वाचित भएका छन् । उनले नेपाली कांग्रेसका उम्मेदवार हंसराज भट्टलाई १ हजारभन्दा बढी मतअन्तरले हराएका छन् ।

चैंसिरले ५ हजार ३ मत ल्याउँदै निर्वाचित हुँदा भट्टले ३ हजार ८८७ मत पाएका छन् ।उपप्रमुख पदमा पनि एमालेकी उम्मेदवार दुर्गा कुमारी खत्री निर्वाचित भएकी छन् । उनले ४ हजार ६३६ मत पाएकी छन् ।

उनको निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी सुना बोहराले ४ हजार १८२ मत पाएको निर्वाचन आयोगको कार्यालयले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार