भरतपुरमा ६ हजार १७७ मत गन्दा रेणु र विजयले कति ल्याए भोट ?

भरतपुर महानगरपालिकाको मतगणना जारी रहेको छ। आइतबार साँझ ६ बजेको मतगणनाअनुसार ६ हजार १७७ मत गन्दा मेयरका उम्मेदवार माओवादी केन्द्रकी रेनु दाहालले २२१२ मत प्राप्त गरेकी छन् ।

यस्तै एमालेका उम्मेदवार विजय सुवेदीले २१८९ मत प्राप्त गरेका छन् । यस्तै स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथ खतिवडाले ७३२ मत पाएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार