भरतपुर महानगरपालिकामा रेनुको अग्रता कायमै, सुवेदी ५२ मतले पछि

भरतपुर महानगरपालिकाको मेयरमा गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालको अग्रता कायमै छ ।

अहिलेसम्म पाँच हजार ६ सय ७७ मतगणना हुँदा दाहालले २ हजार ६ मत प्राप्त गरेकी छिन् । उनका प्रतिद्वन्द्वी नेकपा एमालेका विजय सुवेदी दाहाल भन्दा ५२ मतले पछि छन् । सुवेदीले १ हजार ९ सय ५४ मत प्राप्त गरेका छन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ६ सय ५१ मत प्राप्त गरेका छन् ।

उपमेयरमा गठबन्धनबाट नेपाली कांग्रेसका चित्रसेन अधिकारीले दुई हजार दुई सय एक मत प्राप्त गरेका छन् । राप्रपाकी हिमला गुरुङले एक हजार पाँच सय ७१ मत प्राप्त गरेका छन्।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार