थाहा नगर -४ मा पनि माओवादीका लामाकाे प्यानल नै विजयी

मकवानपुर,थाहा नगरपालिकाको वडा नं. ४ मा पनि नेकपा माओवादी केन्द्रको प्यानल नै विजयी भएको छ ।

प्राप्त अन्तिम मत पणिामअनुसार वडाध्यक्षमा माओवादी केन्द्रका उमेदवार नारायण लामा ७५३ मतसहित निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धि नेकपा एमालेका रामराजा केसीले ५१२ मत ल्याए भने नेपाली काँग्रेसका श्रीकृष्ण केसीले २३३ मत प्राप्त गरे ।

थाहा नगरको वडा नं. १, २ र ३ मा यसअघि नै माओवादी केन्द्रले जित हासिल गरिसकेको छ । नगरपालिकाको प्रमुख पदमासमेत माओवादी केन्द्रका बिष्णु बिष्टले अग्रता कायम राखेका छन् । जहाँ  प्रतिद्धन्द्धि नेकपा एमालेका उम्मेदवार अच्युतम ढकालले पछ्याइरहेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार