दार्चुलाको नौगाढ गाउँपालिकामा माओवादी केन्द्रका उम्मेदवार विजयी

दार्चुला । दार्चुलाको नौगाढ गाउँपालिकाको अध्यक्षमा नेकपा (माओवादी केन्द्र) का दलजित धामी निर्वाचित भएका छन् ।

निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार प्रेमसिंह धामीलाई ५०६ मत अन्तरले हराउँदै दलजित अध्यक्षमा निर्वाचित भएका हुन् ।

दलजितले ३ हजार ७८३ मत पाउँदा प्रेमसिंहले ३ हजार २ सय ७७ मत पाएका छन् । उपाध्यक्ष पदमा नेपाली कांग्रेसका जगतसिंह ठगुन्ना ३ हजार ९५६ मतसहित निर्वाचित भएका छन् । उनका निकटतम प्रतिस्पर्धी गौरीदेवी ठगुन्नाले २ हजार ९५२ मत पाएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार