झापामा एकीकृत समाजवादीले खाता खोल्यो

झापा । झापामा एकीकृत समाजवादीले खाता खोलेको छ । कमल गाउँपालिका–२ को वडाध्यक्षमा समाजवादीका अशोक सुब्बा निर्वाचित भएका छन् ।
२७ बर्षीय सुब्बाले नेकपा एमालेका धनबहादुर बस्नेतलाई पराजित गर्दै वडाध्यक्षमा निर्वाचित भएका हुन् । उनले एक हजार ८ सय ६० मत प्राप्त गर्दा पराजित बस्नेतले एक हजार ३४ मत पाएका छन् ।

एकीकृत समाजवादीले कमल गाउँपालिकामा एउटा वडाध्यक्ष भागमा लिएर कांग्रेस–माओवादीसँग चुनावी तालमेल गरेको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार