काठमाडौंको उपमेयरमा तेब्बर मतले सुनिता डंगोल अगाडी

काठमाडौं महानगरपालिकाको एमालेको तर्फबाट उपमेयर पदकी उम्मेदवार सुनिता डंगोलले २८८४ मत प्राप्त गरेकी छन् । आइतबार अपराह्न ४ बजेसम्मको मत परिणाम अनुसार डंगोल अग्रस्थानमा रहेकी हुन् ।

यसैगरी एकीकृत समाजवादी पार्टीका रामेश्वर श्रेष्ठले ८२३ मत प्राप्त गरेका छन् । श्रेष्ठ सत्ता गठबन्धनको उम्मेदवार भएपनि शाक्यले उनले भन्दा तेब्बर बढी मत पाएकी हुन् । यसैगरी विवेकशील साझा पार्टीका उम्मेदवारले १२९, राप्रपाका उम्मेदवारले ६७० मत प्राप्त गरेकी छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार