भरतपुर महानगरपालिकाको मतगणना सुचारु

भरतपुर महानगरपालिकाको मतगणनाका क्रममा भएको विवाद समाधान भएको छ । मतपत्रमा स्वस्तिक छाप पूर्णरुपमा लागेको र क्रस चिह्न प्रष्ट देखिने मतलाई मात्रै सदर गर्नेगरी सहमति भएपछि विवाद समाधान भएको हो ।

मतगणनास्थल अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा बसेको सर्वदलीय बैठकमा सहमति जुटाएर मतगणना सुरु गरिएको हो ।

यसअघि मतपत्रमा छाप प्रस्ट नभएको भन्दै उम्मेदवारका प्रतिनिधिबीच विवाद भएपछि मतगणना रोकिएको थियो । यही क्रममा समाचार संकलनका लागि खटिएका सञ्चारकर्मीलाई समेत अवरोध गरिएको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार