५ वटा महानगरपालिकामा गठबन्धनलाई अग्रता, एक वटामा स्वतन्त्र अगाडि

देशका ६ वटा महानगरपालिकामध्ये ५ वटामा गठबन्धनका उम्मेद्वारले अग्रता कायम राखेका छन् । भने एक स्थानमा स्वतन्त्र उम्मेदवारले अग्रता लिएका छन् ।

अहिलेसम्म महानगरपालिकामा नेकपा एमालेका उम्मेदवारले अग्रता लिन सकेका छैनन् । २०७४ सालको स्थानीय तह निर्वाचनमा दुई वटा महानगरपालिकाको प्रमुख जितेको एमालेले अहिले ती महानगरपालिकामा पनि अग्रता लिन सकेको छैन ।

काठमाडौं महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले अग्रता लिएका छन् । उनले हालसम्म २ हजार ८२० मत प्राप्त गरेका छन् । उनलाई पछ्याउँदै गरेका नेकपा एमालेका उम्मेदवार केशव स्थापितले १ हजार ५०७ मत पाएका छन् । ललितपुर महानगरपालिकाको प्रमुखमा काँग्रेसका उम्मेदवार चिरिबाबु महर्जनले अग्रता लिएका छन् । उनले हालसम्म ८७७ मत प्राप्त गरेका छन् । ललितपुरमा नेकपा एमालेका उम्मेदवार हरिकृष्ण ब्यञ्जनकारले ४०२ मत प्राप्त गरेका छन् ।

भरतपुर महानगरपालिकाको प्रमुखमा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले अग्रता लिएकी छन् । उनले हालसम्म १ हजार ७२७ मत ल्याएकी छन् । उनलाई पछ्याइरहेका एमालेका उम्मेदवार विजय सुवेदीले १ हजार ६४७ मत प्राप्त गरेका छन् ।

पोखरा महानगरपालिकाको प्रमुखमा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्यले अग्रता लिएका छन् । उनले हालसम्म १ हजार १२१ मत प्राप्त गरेका छन् । उनलाई पछ्याउँदै गरेका नेकपा एमालेका उम्मेदवारले १ हजार ४० मत ल्याएका छन् ।

वीरगन्जमा महानगरपालिकाको प्रमुखमा जनता समाजवादी पार्टी, नेपालका उम्मेदवार राजेशमान सिंहले अग्रता लिएका छन् । उनले हालसम्म १ हजार ८१० मत प्राप्त गरेका छन् । उनलाई पछ्याइरहेका एमालेका उम्मेदवार विजयकुमार सरावगीले ७४७ मत ल्याएका छन् । प्रारम्भिक मतगणनामा ६ वटै महानगरपालिकामा गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन् ।

विराटनगर महानगरपालिकाको प्रमुखमा काँग्रेसका उम्मेदवार नागेश कोइरालाले अग्रता लिएका छन् । उनले हालसम्म २ हजार ५८३ मत प्राप्त गरेका छन् । दोस्रो स्थानमा रहेका एमालेका उम्मेदवार सागरकुमार थापाले १ हजार ६१५ मत ल्याएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार