तातोपानी गाउँपालिकामा मतगणनास्थलमा माओवादी र कांग्रेस कार्यकर्ताबीच झडप

जुम्लाको तातोपानी गाउँपालिकामा पनि मतगणना अवरुद्ध भएको छ । मतगणनाको विषयलाई लिएर माओवादी केन्द्र र नेपाली कांग्रेस कार्यकर्ताबीच विवाद मतगणना अवरुद्ध भएको हो । माओवादी र कांग्रेसका कार्यकर्ताले मतगणनास्थलमा ढुंगामुढासमेत गरेका थिए ।

तातोपानी गाउँपालिका वडा नम्बर ३ को नतिजा बाहिरिएसँगै माओवादी केन्द्र र नेपाली कांग्रेसका कार्यकर्ता तथा समर्थकबीच विवाद भएको हो । विवादका क्रममा माओवादी पक्षले ढुंगामुढा गरेको कांग्रेसको आरोप छ ।तातोपानी वडा नम्बर ३ को वडाअध्यक्षमा नेपाली कांग्रेसका गोकर्ण रावल विजयी भएपछि विवाद भएको हो । दुई पक्षबीचको झडपमा केही व्यक्ति घाइते भएका छन् । घाइतेलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि लगिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार