भरतपुर महानगरपालिकामा विवाद, मतगणना रोकियो

भरतपुर महानगरपालिकाको मतगणनामा विवाद भएको छ। मतपत्र बदर र सदर गर्ने विषयमा विवाद भएपछि मतगणना रोकिएको हो । मुख्य निर्वाचन अधिकृत प्रकाश कुमार अधिकारीले सुरुमा मत सदर गरेको र एकैछिनमा बदर गरेको भन्दै एमाले प्रतिनिधिहरूले विरोध जनाएका हुन् ।

पछिल्लो मत परिणामअनुसार माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहाल प्रतिद्वन्द्वीभन्दा ८० मतले अगाडि छिन्।

४ हजार ८७७ मत गणना हुँदा दाहालले १७ सय २७ मत प्राप्त गरेकी छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका विजय सुवेदीले १६ सय ४७ मत प्राप्त गरेका छन्।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार