भरतपुर महानगरपालिकामा विजय सुवेदीले लिए अग्रता

चितवनको भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनकी रेनु दाहाल र एमाले–राप्रपाबिच कडा टक्कर देखिएको छ । लगातार लिड गरेकी दाहाललाई एमालेका उम्मेदवार विजय सुवेदीले उछिनेका छन् ।

अहिलेसम्म ३९७७ मत गणना सकिँदा गठबन्धनबाट माओवादी केन्द्रकी रेनु दाहाल १ हजार ३ सय ७२ मत पाएकी छन् ।

पछिल्लो परिणामअनुसार दाहालले १५४१ मत ल्याएकी छन् भने सुवेदीले १६११ मत पाएका छन् । त्यस्तै गठबन्धनबाट बागी उम्मेदवारी दिएका जगन्नाथ पौडेलले ५३७ मत पाएका छन् ।

त्यस्तै उपमेयरमा गठबन्धनबाट कांग्रेस उम्मेदवार चित्रसेन अधिकारीले १७७५ मत पाएका छन् भने राप्रपाको उम्मेदवारले हिमला गुरुङले १२४२ मत पाएकी छन् ।

भरतपुर महानगर पालिकामा एक लाख २७ हजार ८३९ मत खसेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार