संसद सचिवालयमा कार्यरत उपसचिवको कोराना संक्रमणबाट मृत्यु

संसद सचिवालयमा कार्यरत एकजना उपसचिवको कोराना संक्रमणबाट मृत्यु भएको छ । उपसचिव कृष्णराज खनालको शुक्रबार बिहान सहिद मेमोरियल अस्पताल कलंकीमा निधन भएको हो।

उनको २२ गते स्वाब संकलन गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो । केही समय अगाडि उनको पत्थरीको अपरेशन समेत गरिएको थियो । उनको घरमै आइसोलेसनमा रहेकै बेला स्वास्थ्यमा समस्या आएपछि कलंकीस्थित सहिद ममोरियल अस्पताल लैजाँदै गर्दा मृत्यु भएको हो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार