सुनिता डंगोललाई दुई तिहाई मत

काठमाडौँ महानगरपालिकाबाट प्राप्त पछिल्लो परिणामअनुसार उपमेयर पदमा एमालेकी उम्मेदवार सुनिता डंगोल निकै अगाडी छिन् ।

झण्डै ३ हजार २ सय मत गणना हुँदा डंगोलले सबै प्रतिष्पर्धीलाई उछिन्दै २००० मत प्राप्त गरेकी छन् । जुन गणना भएको मतको झण्डै दुई तिहाई हो ।

गठबन्धनका उम्मेदवार एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ५८० मत पाएका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीका बिनिता मगैयाले ५१३ मत पाएकी छन् । यस्तै, विवेकशील साझा पार्टीकी कृति कंसाकरले ३५ मत प्राप्त गरेकी छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार