एमाले सचिव पद्मा अर्यालका श्रीमान् वडा सदस्यमा पराजित

पूर्वमन्त्री एवं नेकपा एमालेकी सचिव पद्मा अर्यालका श्रीमान् लक्ष्मीपति पौडेल वडा सदस्य पदमा पराजित भएका छन् ।

स्याङ्जाको वालिङ नगरपालिकाको वडा नम्बर १ मा पौडेल पराजित भएका हुन् । पौडेल एमालेबाट खुला सदस्यको उम्मेदवार बनेका थिए । उनलाई कांग्रेसका सम्भव अर्यालले पराजित गरेका हुन् ।

वडा १ मा १८३४ मत खसेको थियो । विजयी अर्यालले १ हजार ११२ मत ल्याएका छन् । पराजित पौडेलले ६४५ मत पाए ।

वालिङको १ र २ वडामा कांग्रेसको प्यानल नै विजयी भएको छ । वडा नम्बर ३ मा भने एमालेका उम्मेदवार विजयी भएका छन् ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार