भक्तपुर नगरपालिकामा सुनील प्रजापतिको अग्रता कायमै

भक्तपुर नगरपालिकामा नेमकिपाको अग्रता कायम राखेको छ । भक्तपुर नगरपालिकाको भवनमा जारी मतगणनामा नेमकिपाका नगरप्रमुखका उम्मेदवार सुनील प्रजापतिले ९ हजार ४०८ मत प्राप्त गरी अग्रता लिएका छन् ।

उनका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रामप्रसाद कासुलाले १७ सय ३ मत, नेकपा एमालेका रवीन्द्र्र लाछिमस्युले ११ सय मत प्राप्त गरेका छन् ।

उपमेयरमा पनि नेमकिपाकै अग्रता छ । नेमकिपाकी रजनी जोशीले ९ हजार ५६८ मत सहित अग्रता बनाइरहँदा एमालेकी रञ्जना खर्बुजाले १२ सय ५ मत ल्याएकी छिन् । भक्तपुर नगरपालिकामा नेमकिपाको गढका रुपमा मानिन्छ । नेमकिपाबाट मेयरका उम्मेदवार सुनिल प्रजापतिले यसअघि पनि मेयरको रुपमा ५ वर्ष काम गरिसकेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार