भरतपुर महानगरपालिकामा रेनु दाहाल र विजय सुवेदीबीच कडा टक्कर

चितवनको भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनकी रेनु दाहाल र एमाले–राप्रपाबिच कडा टक्कर देखिएको छ । अहिलेसम्म ३९७७ मत गणना सकिँदा गठबन्धनबाट माओवादी केन्द्रकी रेनु दाहाल १ हजार ३ सय ७२ मत पाएकी छन् ।

यस्तै एमालेका उम्मेदवार विजय सुवेदीले १ हजार ३ सय ५ मत ल्याएका छन्। कांग्रेसका बागी जगन्नाथ पौडेलले ४ सय ७० मत ल्याएका छन्।

अहिले रेनु ६७ मतान्तार अघि छन् । त्यस्तै उपमेयरमा गठबन्धनबाट चित्रसेन अधिकारीले १ हजार ५ सय ४२ मत पाएका छन् भने राप्रपाकी हिमला गुरुङले १ हजार ३५ मत पाएकी छन्।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार