ह्वात्तै घट्यो सुनको मूल्य

पाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार प्रतितोला ९७ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छापावाल सुनको भाउ आइतबार तोलामा १ हजार ३ सय रुपैयाँले घटेर ९६ हजार ५ सय रुपैयाँ कायम भएको छ । तेजावी सुनको भाउ तोलाको ९६ हजार रुपैयाँ निर्धारण भएको छ ।

त्यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । बिहिबार तोलामा एक हजार २५० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार १० रुपैयाँले घटेर एक हजार २४० मूल्य कायम भएको महासंघले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार