पोखरामा एकीकृत समाजवादीको अग्रता कायमै

 पोखरा महानगरपालिकाको मतगणनामा नेकपा (एकीकृत समाजवादी)ले अग्रता कायम राखेको छ । मतगणनामा भएको २ हजार ४ सय मतको गणनामा गठबन्धनका तर्फबाट प्रमुख पदका उम्मेदवार एकीकृत समाजवादीका धनराज आचार्यले ९२३ मत पाएका छन् भने भने नेकपा (एमाले)का तर्फबाट प्रमुख पदका उम्मेदवार कृष्ण थापाले ८०६ मत पाएका छन्। उपप्रमुखमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका कोपिला रानाभाटले १ हजार २८ मत प्राप्त गरेकी छिन् भने एमालेका मञ्जुदेवी गुरुङले ९०४ मत प्राप्त गरेकी छिन्।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार