जुम्लाको गर्ज्याङकोटमा आज पुनः मतदान सुरु

स्थगित भएको जुम्लाको गुठचौर गाउँपालिका–३ गर्ज्याङकोटमा आज पुनः मतदान सुरु भएको छ । मतदान केन्द्रमा सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाई, नेपाली सेनाका गणपति रविन थापा, सशस्त्र प्रहरी ३३ नम्बर गणका गणपति चित्रांगत दाहाल, प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दसहितको सुरक्षा टिम मतदान स्थलमा छ ।मतदान सहज गर्न ठूलो मात्रामा नेपाल प्रहरी, शशस्त्र प्रहरी र बाहिरी घेरमा नेपाली सेना खटिएका छन् ।

वैशाख ३० गते मतदानका क्रममा शंकर माध्यामिक विद्यालयको केन्द्रमा झडप हुँदा स्थगित भएपछि आज कडा सुरक्षाबीच मतदान सुरु गरिएको हो । मतदान भयरहित अवस्थामा सम्पन्न हुने निर्वाचन अधिकृत शम्भु गौतमले जानकारी दिए ।

१००७ मतदाता भएको यो मतदान केन्द्रमा ३२० मत खसिसकेको थियो तर निर्वाचन स्थगित भएपछि पुनः मतदान गरिएको हो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार