धुलिखेल नगरपालिकामा एमालेका अशोक ब्याञ्जुको अग्रता

काभ्रेको धुलिखेल नगरपालिकामा आज बिहानको ताजा मतपरिणाम अनुसार  नेकपा एमालेका अशोक ब्याञ्जुले अग्रता लिएका छन्  ।  ब्याञ्जुले १ हजार ७१७ मत पाएका छन् । उनी स्वतन्त्र उम्मेदवार बिदुर बहादुर बस्नेतभन्दा ३१० मत अन्तरले अगाडि छन् । बस्नेतले १ हजार ४०७ मत पाएका छन् ।

धुलिखेलको उपमेयरमा पनि एमालेकी लालतारा अधिकारी अगाडि छिन् । उनले १ हजार ४७२ मत पाएकी छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार