मतगणना कछुवाको गतिमा : १० दिनभित्र अन्तिम परिणाम आउने आयोगको दाबी

मतगणनास्थल र कर्मचारी थप गर्ने तयारी

काठमाडौं महानगरसहित देशभरिको मतगणना कछुवाको गतिमा भएको छ । एक मतगणना गर्नको लागि २० मिनेट सम्मको समय लागको छ । यो हिसाबले निर्वाचनको अन्तिम मतपरिणान आउन केहि हप्ता लाग्ने अनुमान गर्न सकिन्छ । तर निर्वाचन आयोगले मतगणनास्थल र कर्मचारी थप गरेर देशभरिको मतगणनाको अन्तिम परिणाम १० दिनभित्र सार्वजनिक गर्ने गरी तयार गरेको छ ।

ललितपुर महानगरमा एक, भरतपुर महानगरमा दुई र काठमाडौं महानगरमा ६ ठाउँमा गणना भइरहेको छ । तर धेरै मतदाता भएका सबै महानगरको गणना निकै सुस्त छ । सबै पालिकामा मतगणनास्थल थप गरेर चाँडै नतिजा सार्वजनिक गर्ने आयोगले जनाएको छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियालगायतको टोली शनिबार काठमाडौं महानगरपालिका र भक्तपुरका मतगणनास्थलको अनुगमनमा निस्केको थियो । अनुगमनपछि थपलियाले मतगणनास्थल थप गरेर गणनाको गति बढाउने योजना बनाएका हुन् । २०७४ को निर्वाचनमा अन्तिम मतपरिणाम आउन १७ दिनसम्म लागेको थियो । चुनाव सम्पन्न भएलगत्तै शुक्रबार आयोगले ५ दिनभित्र सबै पालिकाको नतिजा आइसक्ने घोषणा गरेको थियो ।

काठमाडौंमा तत्काल दुई स्थान थप गर्न निर्देशन दिएको प्रमुख निर्वाचन थपलियोले बताए । भरतपुरमा २ बाट बढाउन निर्देशन दिइसकेको आयोगले जनाएको छ । भरतपुरमा सबैभन्दा ढिलो मतगणना भइरहेको आयोगमा रिपोर्टिङ आएको छ । मतदान भएको सबैजसो स्थानमा गणना सुरु भएको आयोगका प्रवक्ता शालिग्राम पौडेलले बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार