जीतपुर सिमरामा गठबन्धनको अग्रता कायमै

जीतपुर सिमरा उपमहानगरमा गठबन्धनका उम्मेदवारको अग्रता कायमै रहेको छ । सिमरास्थित नेपाल राष्ट्रिय माविमा भएको मतगणनामा गठबन्धनका उम्मेदवार राजन पौडेल ३ हजार ७०१ मत ल्याएका छन् भने उनका निकटतम् प्रतिस्पर्धी एमालेकी सरस्वती चौधरीले २ हजार २४६ मत ल्याएकी छिन् ।

त्यस्तै उपप्रमुखमा गठबन्धन तर्फकी उम्मेदवार मेघा शाहीले ३ हजार ५५२ मत ल्याएकी छिन् भने एमालेका उम्मेदवार भोला अधिकारीले २ हजार ४२० मत ल्याएका छन् । मतगणनामा तेस्रो स्थानमा रहेको लोसपाका प्रमुखका उम्मेदवार सञ्जयकुमार साहले १ हजार २६८ र उपप्रमुखमा विपि मोक्तानले १ हजार १७२ मत ल्याएकी छिन् । उपमहानगरको हालसम्म वडा नं २३, २४ र वडा नं १ को मत परिणाम सार्वजनिक भइसकेको छ भने वडा नं २ र २२ गणना भइरहेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार