बागलुङको ताराखोला गाउँपालिका अध्यक्षमा माओवादीका विक विजयी

बागलुङको ताराखोला गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका उमेदवार धन बहादुर विक प्यानल सहित विजयी भएका छन् ।

विकले २ हजार २८५ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी निर्वतमान गाउँपालिका अध्यक्ष स्वतन्त्र उम्मेदवार प्रकाश घर्तीले पुतली चिन्हमा २ हजार ९० मत प्राप्त गरेका छन् ।

२०७४ को स्थानीय तह निर्वाचनमा अध्यक्ष जितेका प्रकाशले यस पटक टिकट नपाएपछि पदबाट राजीनामा दिएर उम्मेदवारी दर्ता गराएका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार