हेलिकप्टरबाट बिउ छर्छु र सिँचाइ गर्छु भन्ने ठकुराठीलाई दुई मत

डडेल्धुराको भागेश्वर गाउँपालिका वडा नम्बर १ मा स्वतन्त्रतर्फ वडाध्यक्षको उम्मेदवारी दिएका खडक ठकुराठीले मात्र दुई मत पाएका छन्।

वडामा खसेका कुल मतमध्ये ६ सय मत गणना सकिदासम्म उनले मात्र दुई मत पाएका हुन् । यो वडामा १ हजार १२६ मत खसेको थियो। उम्मेदवारी दर्ता गराउनु अघि उनले चुनावी घोषणा पत्रमा हेलिकप्टरबाटै बिउ छर्नेदेखि हेलिकप्टरबाटै सिँचाइको व्यवस्था गर्ने वाचा गरेका थिए।

ठकुराठीले नागरिकलाई ३६५ दिननै दसैँ मनाउने व्यवस्था गर्नेदेखि पशुवस्तुलाई समेत अस्पतालमा सुत्केरी हुने व्यवस्था मिलाउने वाचा घोषणापत्रमा गरेका थिए।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार