सोलुखुम्बुको खुम्वु पासाङल्हामु गाउँपालिकामा एमाले विजयी

सोलुखुम्बुको खुम्वु पासाङल्हामु गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ । एमालेले अध्यक्ष र उपाध्यक्ष दुवै जितेको हो ।

एमालेका मिङ्मि छिरिङ शेर्पा २ हजार २८ मतका साथ विजयी भएका हुन् । कांग्रेसका चुम्बु शेर्पा १ हजार ६०९ मतका साथ दोस्रो स्थानमा रहँदै पराजित भएका छन् ।

उपाध्यक्षमा पनि एमालेको टसी ल्हमु शेर्पा २ हजार २३ मतसहित विजयी भएकी छन् । उनकी प्रतिष्पर्धी कांग्रेसकी निर्मला थापा कार्की मगरले १ हजार ५८२ मत पाइन् ।

यो विजयसँगै एमालेले यसपालिको चुनावमा अहिलेसम्म ७ पालिकामा जित हात पारेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार