काठमाडौं महानगरमा मतान्तर बढाउँदै बालेन

काठमाडाैं महानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह ‘बालेन’ काे अग्रता कायमै छ ।

पछिल्लाे विवरण अनुसार उनले १ हजार ८९० मत पाएका छन् । शाहलाई एमालेका केशव स्थापित १ हजार ९७ मतले पछ्याइरहेका छन् ।

गठबन्धनबाट उम्मदेवार बनेकी कांग्रेस नेतृ सिर्जना सिंहले ९४९ मत पाएकी छन् । त्यस्तै, राप्रपाका मदन दासले १६५ मत पाएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार