नेपाली चलचित्रमा बलिउड अभिनेता

चलचित्र ‘हनीबनी’मा बलिउड अभिनेता अभिमन्यु तोमार अनुबन्धित भएका छन् । दिवाकर भट्टराईले निर्देशन गर्न लागेको चलचित्रमा पहिला अनमोल केसीलाई अनुबन्धन गरिएको थियो तर केसीले चलचित्र छाडेपछि निर्माण युनिटले अभिमन्यु लिएको हो ।

तोमारले बलिउडका थुप्रै म्युजिक भिडियोमा अभिनय गरेका छन् । चलचित्रमा तोमारसँगै जसिता गुरुङ पनि देखिने छन् । चलचित्रमा नायक सलोन बस्नेतलाई पनि मुख्य भूमिकामा देख्न सकिनेछ । चलचित्रको छायाङ्कन पुरुषोत्तम प्रधानले गर्दै छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार