प्रधानमन्त्री देउवाको गृह गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी

प्रधानमन्त्री एवम् नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको गृह गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ ।

डडेलधुराको गन्यापधुरा गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको हो । कांग्रेसका गाउँपालिका अध्यक्ष उम्मेदवार इन्द्रबहादुर कार्की तीन हजार १८४ मतसहित विजयी भएका हुन् ।

उपाध्यक्षमा कांग्रेसकै ज्ञानु सेटीले तीन हजार १३ मतसहित विजयी भएको निर्वाचन अधिकृत दिलिप तामाङ्गले जानकारी दिए । गाउँपालिका अध्यक्षका प्रतिद्वन्द्वी कांग्रेस बीपीका सुरेन्द्रबहादुर मालीले १७ सय तीन मत मात्रै प्राप्त गरे ।

गन्यापधुरामा एमाले र बिपी कांग्रेसले गठबन्धन गरेका थिए । गाउँपालीकामा जम्मा सात हजार मत खसेको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार