भरतपुरमा रेनुको अग्रता कायमै

भरतपुर महानगरपालिकामा पाँच दलीय गठबन्धनले अग्रता कायम राखेको छ । गठबन्धनबाट प्रमुखको उम्मेदवार बनेकी नेकपा माओवादी केन्द्रकी रेनु दाहालले अग्रता कायम राखेकी हुन् । २९६८ मत गणना गर्दा गठबन्धनले अग्रता लिएको हो ।

दाहालले ११ सय ०५  प्राप्त गरेकी छन् । नेकपा एमालेका बिजय सुवेदीले १ हजार ७ मत प्राप्त गरेका छन् भने स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ३ सय ९० मत प्राप्त गरेका हुन् ।

भरतपुर महानगर पालिकामा एक लाख २७ हजार ८३९ मत खसेको छ । यस्तै जिल्लाका अन्य पालिकाहरूमा रत्ननगर र खैरहनीमा पाँच दलीय गठबन्धनको अग्रता रहेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार