थाहा-२ मा माओवादीको प्यानलै विजयी

मकवानपुरको थाहा नगरपालिकाकाे वडा नम्बर २ मा माओवादी केन्द्रको प्यानलै विजयी भएको छ ।

अन्तिम मत परिणाम अनुसार माओवादी केन्द्रका उम्मेदवार बमबहादुर सिन्तानसहितको प्यानल झिनो मतका साथ विजयी भएकाे हाे । सिन्तानले ७३५ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उमेदवार गुप्तबहादुर कार्कीले ७२० मत प्राप्त गरे । नेपाली काँग्रेसका नवराज लामाले ६६४ मत प्राप्त गरेका छन् ।

खुल्ला वडा सदस्यहरुमा युवराज विष्ट र अर्जुन कार्की  विजयी भएका छन् । त्यसैगरी महिला सदस्यमा रितु कार्की र दलित महिला सदस्यमा सिर्जना विक विजयी भएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार