रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीले वडामा खाता खोल्यो, नगरमा पनि अग्रता

टीकापुर नगरपालिका वडा नम्बर ५ मा नागरिक उन्मुक्ति पार्टीका वडाध्यक्षका उम्मेदवार बलबीर थारूको प्यानल विजयी भएको छ । वडाध्यक्षमा थारूले ८२० मत पाएका छन् ।

वडाध्यक्षमा कांग्रेसका अनन्त खड्काले ४६१ र एमालेका विजय सार्कीले ४४७ मत पाएका छन् ।

नगरमा पनि नागरिक उन्मुक्ति पार्टीले अग्रता लिएको छ । मेयरमा नागिरक उन्मुक्तिका रामलाल डगौरा थारूले १ हजार ६२ मत र उपमेयरमा उल्का विकले ९१३ मत पाएका छन् ।

उनका प्रतिद्वन्दी नेकपा एमालेका श्याम खत्रीले ५०८ र उपप्रमुखमा उपमा केसीले ३८० मत पाएका छन् । गठबन्धनका प्रमुख नवराज रावलले ४०१, उपप्रमुख खडक शाहले ४०६ मत पाएका छन्।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार