लिभरपुलले जित्यो एफए कपको उपाधि

लिभरपुलले इङ्लिस एफए कप फुटबलको उपाधि जितेको छ । प्रतियोगिताअन्तर्गत शनिबार राती भएको फाइनलमा लिभरपुलले सडन डेथमा चेल्सीलाई हराएको हो ।

कोन्सटान्टिनोस सिमिकासले सडेन डेथ पेनाल्टीमा गोल गर्दै लिभरपुललाई ६–५ को जीत दिलाएका हुन् । यसअघि १२० मिनेटको खेलमा दुवै टोलीले गोल गर्न नसकेपछि खेल टाइब्रेकरमा पुगेको थियो । तर टाइब्रेकरमा पनि सुरुका निर्धारित ५ वटा प्रहारमा दुवै टोलीले गोल गरेका थिए । छैटौँ प्रहारमा चेल्सीका खेलाडी चुकेपछि प्राप्त अवसरमा लिभरपुलका सिमिकासले गोल गरेका हुन् ।

लिभरपुल यो सिजन घरेलु लिगको उपाधि होडमा छ भने युरोपियन च्याम्पियन्स लिगको फाइनलमा पनि पुगिसकेको छ । घरेलु लिगमा दुई खेल खेल्न बाँकी रहँदा तीन अंकले पछाडी रहेको लिभरपुलले च्याम्पियन्स लिगमा भने उपाधिका लागि रियल म्याड्रिडसँग प्रतिस्पर्धा गर्दै छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार