पोखराको मेयर र उपमेयर दुवैमा सत्ता गठबन्धनका उम्मेदवारको अग्रता

पोखरा महानगरपालिकामा सत्ता गठबन्धनका धनराज आचार्यले अग्रता कायमै राखेका छन् ।

पछिल्लो मतगणना अनुसार ११ सय मत गन्दा गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीको उम्मेदवार धनराज आचार्यले ४ सय ५६ मत ल्याएका छन् । उनलाई पच्छ्याइरहेका एमालेका कृष्ण थापाले ३ सय ८३ मत पाएका छन् ।

यस्तै उपमेयरमा पनि सत्ता गठबन्धनले नै अग्रता लिएको छ । उपमेयरमा साझा उम्मेदवार कांग्रेसकी कोपिला रानाभाटले एमाले उम्मेदवारलाई १ सय मतले पछाडि छोडेकी छन् । कोपिलाले ५ सय ४ मत पाउँदा एमालेकी मञ्जुदेवी गुरूङले ४ सय ४ मत ल्याएकी छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार