डोटीको बडीकेदार गाउँपालिकाकाे अध्यक्षमा कांग्रेसका साउँद विजयी

डोटीको बडीकेदार गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका भैरवबहादुर साउँदले जित हासिल गरेका छन् । साउँदले २ हजार ३ सय ४३ मत ल्याउँदै जित हासिल गरेका हुन् ।

उनका निकटतम् प्रतिद्वन्द्धी नेकपा एमालेका चक्रबहादुर घर्तिमगरले १६८४ मत पाएका हुन् ।

उपाध्यक्षमा कांग्रेसकी डम्मरीकुमारी विष्टले २४०७ मत ल्याएर विजयी भइन् । एमालेकी सपना सिराडीले २२७६ मत पाएर पराजित भइन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार