ललितपुरमा चार सय मत गन्दा चिरिबाबुलाई ५० प्रतिशत बढी मत

नेपाली कांग्रेसको तर्फबाट ललितपुर महानगरपालिकाको मेयरमा उम्मेदवार चिरिबाबु महर्जनले अहिलेसम्म ५० प्रतिशत बढी मत पाएका छन् ।

शनिबार साँझसम्म ४०० मत गन्दा उनले २१९ मत पाएका छन् । अर्थात् उनका पक्षमा ५४.७५ प्रतिशत मत आएको छ । उनका प्रतिष्पर्धी एमालेका हरिकृष्ण व्यञ्जनकारले ९७ मत पाएका छन् । उनको २४।२५ प्रतिशत मत आएको छ ।

उपमेयरमा भने एमालेकी मन्जली शाक्य बज्राचार्यले ११४ मत पाएकी छन् । गठबन्धन हुँदा ललितपुरमा नेपाली कांग्रेसले उम्मेदवार उठाएको छैन । तर ‍पनि कांग्रेसले ७९ मत पाएको छ ।

गठबन्धनका नेकपा माओवादी केन्द्रबाट उठेका बाबुराज बज्राचार्यले भने ४० मत पाएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार