बालेनले बढाए अग्रता, केशव ८३ मतले पछि

काठमाडौं महानगरपालिकाको मेयरमा बालेन शाहले अग्रता बढाएका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले ११८० मतको हालै सार्वजनिक गरेको परिणाममा शाहले ४०२ मतसहित अग्रता लिइरहेका छन् ।

उनका प्रतिद्वन्द्वी एमाले उम्मेदवार केशव स्थापितले ३१९ मत प्राप्त गरेका छन् । स्थापित ८३ मतले पछाडि परेका छन् । त्यसैगरी कांग्रेस उम्मेदवार सिर्जना सिंहले २०२ मत प्राप्त गरेकी छन् ।

उपमेयरतर्फ एमालेकी सुनिता ढंगोलले फराकिलो अग्रता लिएकी छन् । उनले ५०२ मत प्राप्त गरेको सहायक निर्वाचन अधिकृतले प्रेस ब्रिफिङमा जानकारी दिए । गठबन्धनका उमपेयर उम्मेदवारले ११० मतमात्रै प्राप्त गरेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार